धादिङको ज्याम्रुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो


केशव अधिकारी/धादिङ संवाददाता
धादिङ, ८ माघ

धादिङको आरुघाटबाट धादिङबेशीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । काठमाण्डौंका लागि छुटेको ना २ ख ४९८५ नम्बरको बस आज पूर्वान्ह ९ बजे ज्यामरुङ ५ को कमेरे नजिक कच्ची सडकबाट करिब ५० मिटर तल खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो भने जिल्ला अस्पताल धादिङबेसीमा उपचारको क्रममा २ र थप उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा थप एक जनाको बाटैमा मृत्यू भएको हो ।

मृत्यू हुनेमा सल्यानटार धादिङका ८ वर्षीय बालक रुपेश श्रेष्ठ, बुढाथुृम गलनेका २२ वर्षीय लक्ष्मण दाहाल, गोरखा गुम्दाका कान्छी गुरुङ, सोहि ठाउँकै २८ वर्षीया मनिका गुरुङ र गोरखा थुमीका मिठ्ठे बराम रहेका छन् । दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएका छन् । घाईतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जना गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । बाँकी घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

५० भन्दा बढि यात्रु बोकी काठमाडौंका लागि छुटेको उक्त बस क्षमता भन्दा बढी यात्रु बोकेका कारण र कच्ची सडक भएकाले दुर्घटनाग्रस्त भएको अनुमान प्रहरीले गरेको छ । सदरमुकाम धादिङबेसीबाट १ घण्टामा पुग्न सकिने उक्त स्थानमा भएको दुर्घटनाको उद्धारको लागि सदरमुकाम धादिङबेसीबाट ३ वटा एम्बुलेन्स, २ वटा निजी गाडी र प्रहरीहरु घटनास्थल पुगेका थिए ।

धादिङ सदरमुकाम धादिङवेशीदेखि आरुघाट, बुढाथुम, खहरे लगायतका स्थानमा दैनिक १० बढि बस छुट्ने गरिएपनि अत्यन्तै जीर्ण अवस्थाको सडक मर्मततर्फ भने धादिङ सडक डिभिजन कार्यालयको ध्यान पुग्न सकेको छैन ।
अत्यन्तै दुःखद खबर!! ज्यामरुङमा बस पल्टिएर ५ जनाको ज्यान गयो । 
वर्षमा एक पटक दशैंमा गईन्थ्यो घर, बसको छतमा यात्रा असुरक्षित रहेको ज्ञात रहँदा रहँदै विकल्प छैन, सिट फूल !!!
मैले गाडी चढेको थाहा भएपछि धादिङवेशीदेखि आरुघाटसम्मको सडक जस्तो थियो, अहिले पनि त्यस्तै छ !!! गाडी नै डुब्ने खाल्डो, धुलो !!
कति पटक लौ बस पल्टिन लाग्यो भनेर हाम्फालिन्थ्यो तर फोर व्हिल गाडी  पल्टेर मात्र १/२ जनाको ज्यान गएको मात्र थाहा थियो । बस पल्टेपनि यति धेरेको ज्यान गएको थिएन । मृत आत्माको चीर शान्तिको कामना, घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना !!

Update 4 pm
धादिङको ज्याम्रुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
केशव अधिकारी/धादिङ संवाददाता
धादिङ, ८ माघ

धादिङको आरुघाटबाट धादिङबेशीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । काठमाण्डौंका लागि छुटेको ना २ ख ४९८५ नम्बरको बस आज पूर्वान्ह ९ बजे ज्यामरुङ ५ को कमेरे नजिक कच्ची सडकबाट करिब ५० मिटर तल खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो भने जिल्ला अस्पताल धादिङबेसीमा उपचारको क्रममा २ र थप उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा थप एक जनाको बाटैमा मृत्यू भएको हो । 

मृत्यू हुनेमा सल्यानटार धादिङका ८ वर्षीय बालक रुपेश श्रेष्ठ, बुढाथुृम गलनेका २२ वर्षीय लक्ष्मण दाहाल, गोरखा गुम्दाका कान्छी गुरुङ, सोहि ठाउँकै २८ वर्षीया मनिका गुरुङ र गोरखा थुमीका मिठ्ठे बराम रहेका छन् । दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएका छन् । घाईतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जना गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । बाँकी घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

५० भन्दा बढि यात्रु बोकी काठमाडौंका लागि छुटेको उक्त बस क्षमता भन्दा बढी यात्रु बोकेका कारण र कच्ची सडक भएकाले दुर्घटनाग्रस्त भएको अनुमान प्रहरीले गरेको छ । सदरमुकाम धादिङबेसीबाट १ घण्टामा पुग्न सकिने उक्त स्थानमा भएको दुर्घटनाको उद्धारको लागि सदरमुकाम धादिङबेसीबाट ३ वटा एम्बुलेन्स, २ वटा निजी गाडी र प्रहरीहरु घटनास्थल पुगेका थिए । 

धादिङ सदरमुकाम धादिङवेशीदेखि आरुघाट, बुढाथुम, खहरे लगायतका स्थानमा दैनिक १० बढि बस छुट्ने गरिएपनि अत्यन्तै जीर्ण अवस्थाको सडक मर्मततर्फ भने धादिङ सडक डिभिजन कार्यालयको ध्यान पुग्न सकेको छैन ।
Like ·  ·  · 8 minutes ago ·