बच्चाले मकै भुट्दा घर जल्यो "

हेटौंडा, ७ माघ । काँकडा–१ सिलिङेका पूर्णलाल चेपाङको घर जलेर नष्ट हुँदा १२ जनाको परिवारको बिचल्ली भएको छ ।
बच्चाले मकै भुटेर खाने
क्रममा सल्किएको आगोका कारण घर जले पछि उनीहरू छिमेकीको गोठमा चिसो रात बिताइ रहेका छन् । एउटै घरमा संयुक्त
... परिवारमा बस्दै आएका १२ चेपाङ माघको चिसोमा कठिन रात काटि रहेका छन् । २६ पुसमा उनीहरूको घर जलेको हो ।
‘भाइले मकै भुट्न खोज्दा आगो सल्किएर घर
जल्यो,’ कक्षा ३मा पढि रहेकी मनीता चेपाङले भनिन्, ‘आगोले घरभित्र भएका लत्ता कपडा,
भाँडाकुँडा पनि जले पछि हाम्रो बिचल्ली भएको छ
।’ उनीहरूको परिवारमा बाबु आमा पूर्णलाल,
आमा बेसरी माया, छोराहरू हेमलाल,
सुनील, विनोद, सर्केस, प्रदीप, रमिता छन् । यस्तै
एउटा छोराको विवाह भएकाले बुहारी, नाति नातिना सहित १२ जनाको परिवार एउटै घरमा बस्दै
आएका हुन् । घर आगलागीमा परे पछि उनीहरू छिमेकीको गोठमा बस्दै आएका छन् भने
अहिले सम्म कतैबाट राहत पाएका छैनन् । शुक्रबार
लिजा हिमालयको सहयोगमा केही भाँडाकुँडा र लत्ताकपडा दिइएको अनिल पौडलले बताए । उनले तत्काल जाडोबाट
बच्नका लागि केही कपडा बाहेक अरू सहयोग दिन नसकिएको बताए ।
‘नौ दिन पछि बाल बच्चाले तातो कपडामा सुत्न पाउने भए,’
पूर्णलालले भने, ‘अब यत्रो परिवार पाल्ने कसरी, खानलाई अन्न र बस्नलाई घर पनि छैन ।’ हुर्केका केही छोरा र उनले गरेको ज्यालादारीका भरमा परिवार चलेको छ । साना बालबच्चा गाउँकै स्कुलमा पढ्छन् । ‘पूर्णलालको परिवारलाई सहयोग
जुटाउन जरुरी छ,’ शुक्रबार सिलिङे पुगेर फर्किएका सामाजिक कार्यकर्ता अनिल
पौडेलले भने, ‘परिवारका सदस्यको हालत देखेर दया जाग्छ तर भने जति सहयोग गर्न सकिएन ।’ उनले चेपाङ परिवारको सहयोगका लागि अपिल
पनि गरे । ‘जाडोमा बालबच्चा जोगाउन र घर बनाउन सहयोग गर्नु होस्,’
पूर्णलालले भने, ‘यो परिवारको बिजोग भयो, तपाईंले सकेको सहयोग गर्नु होस् ।’ उनीहरूले नौ दिनदेखि छिमेकले दिएको एक छाक मात्र खाएर
जाडोमा कठिन रात काट्दै आएका थिए । संस्थाले केही लत्ताकपडा र खाद्यान्न
दिए पछि केही दिनलाई भने राहत भएको छ