रातको ११ बजे जिया र भुवन के गर्दै थिए ?


युवतीसँगको सम्वन्धका कारण बारम्बार चर्चामा आइरहने नायक भुवन केसीको नाम अहिले सिनेमा क्षेत्रकै एक नायिकासाग जोडिएको छ । चलचित्र एटीएममा अभिनय गरेर विवादस्पद छवि बनाएकी नायिका जिया केसी र भुवनको प्रेम सम्वन्धले नेपाली सिनेमा बजार फेरि एक पटक तातेको छ ।भुवन र जिया डेटिङमा रमाइरहेको र भुवनसाग जियाले बिहे गर्न चाहेको समाचार केही दिन अघि अनलाइनखबरले प्रकाशन गरेको थियो । प्रेम र रोमान्सलाई झन पुष्टि गर्दै जिया र भुवन रातको १२ बजेसम्मसागै घुम्ने गरेको भेटिएको छ । शुक्रबार रातको साढे दश बजे नायक भुवन केसी र नायिका जिया केसी दरबारमार्गस्थित जुनकुरी दोहोरी सााझमा देखिए । यी दुई जोडी रातको १२ बजेसम्म उक्त दोहोरी साँझमा रमाएका थिए । भुवन र जिया दोहोरी साँझमा प्रवेश गरेको केही समयपछि १० जनाको टोली पनि उक्त दोहोरीमा प्रवेश गरेको थियो । भुवनलाई जियाले निक्कै माया गरेको एक प्रत्यक्षदर्शीले अनलाइनखबरलाई बताएका छन् । उनका अनुसार, भुवनको हातमा कुम राखेर बसेकी जियालाई देख्दा लाग्थ्यो उनीहरु बीचको सम्वन्ध धेरै नै उचाइमा पुगिसकेको छ ।
 दोहोरी गीत गाउनेले पनि भुवन र जियाको विषयलाई मजैले भाकामा उचाले । दोहोरी गाउने महिला पात्रले भुवनलाई श्रीमान् बनाउने इच्छा राखिन् । तर, पुरुषले भुवनले जिया पाइसकेकाले तिम्रो ठाउा छैन भन्दै प्रत्युत्तर दिए । भुवन र जिया दोहोरी सुन्दै रमाएका थिए । रातको १२ बजे दोहोरी साँझ बन्द भएसँगै उनीहरु त्यहाँबाट निस्किएका थिए । जिया एउटा प्रतिभावान् कलाकार भएको भन्दै नायक भुवन केसीले सञ्चारमाध्यममा उनीसँग कुनै सम्बन्ध नभएको बताइरहेको समयमा यो रोमान्सले यी दुईबीचको सम्वन्ध झ्याङ्गीएको थप पुष्टि गरेको हो ।