रानीको बिहे जनवरीमा


बलिउड अभिनेत्री रानी मुखर्जी र निर्माता आदित्य चोपडाबीच पहिले नै सुटुक्क बिहे भैसकेको हल्ला नचलेको होइन । तर यी सबै हल्लालाई असत्य सावित गर्दै रानी र आदित्य आउँदो जनवरीमा विवाह बन्धनमा बाँधिने भएका छन् ।

समाचार अनुसार लामो समयदेखिका प्रेमी रानी र आदित्यले अर्को महिना लगन गाँठो कस्नेछन् । जनवरीमा बिहेको चटारो हुने र त्यसपछि लोग्नेसँग हनिमुनमा दौडनु पर्ने भएकाले रानीले अहिले विभिन्न फिल्मका प्रस्ताव पनि अस्विकार गरेको बताइएको छ ।
उनले जनवरीमा आफ्नो बिहे हुने कुरा नबताएपछि आफु महत्वपूर्ण काममा व्यस्त हुने भएकाले फिल्ममा उपस्थित हुन नसक्ने कुरा उनले निर्देशकहरुलाई जानकारी गराएको समाचार छ ।