‘क्विन’मा कंगना नांगिने


बलिउड फिल्म तलाशमा रानी मुखर्जीले मेकअप नगरीकनै एक्टिङ गरेकी छिन् । रानीको यहीँ सिको गर्दै अर्की अभिनेत्री कंगना रणावत पनि फिल्म ‘क्विन’मा मेकअप नगरीकनै प्रस्तुत हुँदैछिन् । अझ रोचक कुरा त के भने कंगनाले यो फिल्ममा एक नग्न दृश्य पनि दिनेछिन् ।मेकअप बिना एक्टिङ गर्ने आइडिया कंगनालाई दिल्लीमा कलेजका तरुनीहरुबाट मिलेको हो । यो फिल्मको शूटिङ दुइ दिन पहिले दिल्लीमा सुरु भैसकेको छ । शूटिङको दोश्रो दिन करोल बाग तथा पीतमपूरामा कंगनालाई हेर्नेको भीड नै लागेको थियो ।

समाचार अनुसार कंगनालाई हेर्न त्यहाँ १० हजार भन्दा बढि फ्यान जम्मा भएका थिए । विक्रान्त बहलको क्विनमा अनुबन्ध हुनुअघि कंगनाको फिल्म तनु वेड्स मनु जबरजस्त हिट भएको थियो । कंगनाको पछिल्लो फिल्म एक केटीको कहानीमा आधारित छ जो आफ्नो दाम्पत्य जीवन भंग भएसँगै एक्लै हनिमुन मनाउने जाने निधो गर्छे ।