चुम्बन मागेपछि नायिकाले हानिन् निर्देशकलाई झापड


छायांकनको क्रममा रहेको चलचित्र ‘रक्षा’की नायिका सारिका घिमिरेले निर्देशक राजु गिरीलाई झापड हानेकी छिन् । चुम्बन गर्न दिए सिनेमा खेलाईदिन्छु भनेपछि आक्रोशीत घिमिरेले गिरीलाई झापड हानेकी हुन् ।
तर सारिकाले राजुलाई हानेको झापड बास्तबिक भने होइन । चलचित्रको पर्दाभित्र निर्देशकको भुमिका निर्वाहा गरिरहेका राजुले सारिकाको हातबाट थप्पड खाएका हुन् । चलचित्र भित्रको एक दृश्यमा नायिका बनाइदिन्छु भन्दै चुम्बन मागेपछि सारिकाले गिरीलाई गालामा थप्पड बजाएकी हुन् ।
पवन बस्नेतको निर्माणमा तयार भइरहेको चलचित्र ‘रक्षा’को छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा राजेश हमाल,अशोक फुयाँल, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।