नक्कलीलाई सुर-पदमा पुरस्कार


नक्कली उपनामले परिचित बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई सुर-पदमा सम्मान एवं पुरस्कार २०६९ प्रदान गरिएको छ । गायिका देविका बन्दनाले यस बर्षदेखि आफ्ना सासु–ससुराको नाममा स्थापना गरेको यो सम्मानको साथमा नगद रु २५ हजार १ रुपैया भुसाललाई प्रदान गरिएको हों ।

मनोरञ्जन विद्याका विभिन्न ब्यक्तिहरुको उपस्थितीमा प्रज्ञा प्रतिष्ठानका उपकुलपती बैरागी काईलाको बाहुलीबाट सम्मान प्रदान गरिएको थियो । यस्तै यो सम्मान संगीतकार दीपक जंगमलाई पनि प्रदान गरिएको छ । नेपाली सागीतिक आकाशमा आफ्नो अमुल्य योगदान पुर्याए वापत एक जना र अभिनय क्षेत्रमा एक जनाले पुर्याएको योगदानको उच्च मुल्याकंन गर्दै  हरेक बर्ष दुई श्रष्टालाई सुर-पदमा पुरस्कार एवं सम्मान गरिने कार्यक्रममा बताईयो ।