बिहानै बिबाह गरिन् बिद्याले (फोटो फिचरसहित)


भारतीय चर्चित नायिका विद्या बालनले बिबाह गरेकी छिन् । उनले आफ्ना प्रेमी सिद्धार्थ राय कपुरसँग शुक्रबार बिहान बिबाह गरेकी हुन् । उनको बिबाह एक मन्दिरमा भएको थियो । आफ्ना नजिकका साथी र आफन्तका साथमा बिद्याले बिबाहमा बलिउड नायक अभिषेक बच्चन र निर्देशक अरबाज खानलाई निम्ता गरेकी थिईन् ।

विद्या र सिद्धार्थको बैबाहिक कार्यक्रम १ घन्टा मात्र चलेको थियो । संचारमाध्यमलाई खबर नै नगरी विद्या र सिद्धार्थले शुक्रबार बिहान पौने पाच बजे बिबाह गरेका थिए । नायिका बालन सिद्धार्थकी तेश्री श्रीमती हुन् । सिद्धार्थको घरमा सामान्य कार्यक्रमको आयोजना गर्नु बाहेक विद्याको विवाहका अन्य तामझाम नदेखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसअघि नायिका करिना कपुर र नायक सैफ अली खानको बिबाह पनि सुटुक्क गरिएको थियो ।