म्यूजिक लन्चमा निर्देशकले भने ̍9 O'clock एटिम जस्तो फिल्म हैन’


प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म  9 0'clock  को रिलिज तयारी पुरा भएको छ । प्रोष्टप्रोडक्सन पश्चात पहिलो कार्यक्रम गरी 9 0'clock युनिटले आज आफ्नो फिल्मको अडियो म्यूजिक लन्च गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । फाल्गुन ११ मा रिलिज हुने यो फिल्मका लिड आर्टिष्ट सुमिना घिमिरे र ध्रुव दत्त हुन् ।

तीन वटा गित समावेश यो फिल्मका म्यूजिक डाईरेक्टर कन्काईष्ट राई हुन् । उनले म्यूजिकको पार्टमा आफूले केही फरक पन दिन खोजेको कार्यक्रममा बताए । यसैगरी  निर्देशक बाबुराम ढकालले प्रि–प्रोडक्सन र प्रोडक्सनका पिरियडमा आफ्नो फिल्मको बारेमा जुन किसिमको नकारात्मक हल्ला फिल्मी बजारमा फैलिएका थिए ती सवै गलत रहेको दाबी गरे । उनले भने, 'मेरो विगतका दुई फिल्म दुलही र पर्खिराख है जस्तो पारिवारिक यो फिल्म छैन र बजारमा फैलिएको एटिम जस्तो पनि हैन ।' उनले आफ्नो फिल्म पूर्ण रुपमा ईन्टरटेन्मेन्टका लागि रहेको दाबी गरे ।