बलिउड नायक जोन अब्राहमको बिपसा पछीको नयाँ प्रेमिका यस्ती छीन !


बलिउड नायक जोन अब्राहम चलचित्रमा अभिनय भन्दा पनि आफ्नो आकर्षक शरिरका कारण चर्चामा छन् । नायिका विपशा बासुसँगको लामो प्रेमसम्वन्धबाट टाढिएपछि जोन एक्लै बनेका थिए । तर अहिले उनी एक युवतीसँगको सम्वन्धमा जोडिएका छन् । जोन बैंकर प्रिया रुंचालसँगको प्रेम सम्वन्धका कारण अहिले चर्चामा छन् ।


 यि दुईले हाल निक्कै राम्रो समय बिताइरहेको बताइएको छ । जोनले प्रियालाई सार्वजनिक कार्यक्रममा समेत सँगै लिएर जाने गर्छन् । जोनलाई पीपल म्यागजीलने सन् २०१२ को ‘सेक्सिएस्ट म्यान एलाइव’ को उपाधी समेत दिएको छ । यो म्यागजिनले आयोजना गरेको विशेष कार्यक्रममा जोन आफ्नो प्रेमिकाको साथमा पुगेका थिए । उनले आफु प्रियासँगको सम्वन्धमा अत्यन्तै खुशी रहेको प्रतिक्रिया दिए । विपशा वासुसँगको सम्वन्धका बारेमा सोधिएको प्रश्नमा उनले केही पनि बताउन चाहेनन् । विपशासँग सिनेमा खेल्ने बिषयमा आफुले केही पनि नसोचेको उनको भनाई थियो । जोन विपशासँगको सम्बन्धबाट टाढा रहदै प्रियासँग रमाउन चाहेको वुझिएको छ ।