नरेनसँग रोमान्स गर्दै रेखा
प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको सिनेमा ‘हमेशा’ को सुटिङ भइरहेको थियो । मेरो सिनेमा मध्यान्ह्मा त्यहाँ पुग्दा नृत्य निर्देशक राजु शाह नायिका रेखा थापा र ‘हमेशा’ डेव्यू नायक नरेन खड्कालाई स्टेपहरु सिकाउनमा व्यस्त थिए ।त्यस्तै नायिका थापा र नव नायक खड्का पनि ‘बसन्ती रङ सारा सोरेर दिन्छु आजै’ बोलको गीतको भावमा डुव्दै सट दिइरहका थिए । चोरभारको मन्दमन्द चिसो हावामा एक अर्काको अंगालोमा बाँधिएका रेखा र नरेन सकेसम्म रियल कपल देखिने प्रयास गर्दै थिए । क्राउडले घेरिएका नरेन केही नर्भस देखिएपनि रेखा भने उनलाई नेचुरल हुन गाईड गरिरहेकी थिइन् ।सट दिएर केही फुर्सदमा रहेकी रेखालाई हामीले सोध्यौ सुटिङ कस्तो लाग्दैछ ? उनी साहित्यि शैलीमा भन्छिन् ,‘दश वर्ष अगाडी राजेश हमालसँग सट दिदां ममा जुन उमङ्ग र जोश आउथ्यो आज नव नायक नरेन खड्कासँग काम गर्दा पनि त्यही उमङ्ग र जोश छ ।’
त्यस्तै मोडलिङ र केही म्यूजिक भिडियोहरुमा आफ्नो उपस्थिति दर्साइ सकेका नव नायक नरेन खड्काले नायिका रेखा थापासँग काम गर्न एकदम सहज भइरहको बताए । यसका साथै 'हरेक दृश्य दिनुभन्दा अगाडी रेखा जी ले मलाई सल्लाह गरेर दिने भएकोले पनि काम गर्न सहज वातावरण पाएको छु ।'
गीतको सुटिङ भएपनि निर्देशक शविर श्रेष्ठ पनि चोभारमा उपस्थित थिए । गीतको सटलाई नजिकबाटै नियालिरहेका निर्देशक श्रेष्ठलाई हामीले सोध्यौं तपाई त गीतको सुटिङमा पनि आउनु भएछ नि ? उनी प्रस्ट्याउँछन् ‘एउटा निर्देशक भएपछि हरेक दृश्यहरुको छायाँकनमा उपस्थित हुनु उसको प्रमुख दायित्व हो ।’
हालसम्म ९५ प्रतिशत सुटिङ समाप्त भइसकेको बताइएको सिनेमा ‘हमेशा’ लाई निर्माता छविराज ओझाले निर्माण गरेका हुन् । आगामी एक हप्तामा सुटिङ प्याकअप हुने बताइएको यस सिनेमामा नायिका रेखा र नव नायक नरेनका साथमा सविन श्रेष्ठ, शिशिर राणा रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गर्दैछन् । काठमाडौं, धुलिखेल, धादीङ, पोखरा लगायतका रमणीय स्थानहरुमा छायाँकन गरिएको यस सिनेमालाई मदन कास्यम घिमिरेले खिच्दैछन् । त्यस्तै रेखा पौडेलको संगीत, किरण खरेलको शब्द रहेको ‘हमेशा’ मा चन्द्र पन्तको द्धन्द्ध निर्देशनलाई देख्न सकिन्छ । सत्तरी लाख बजेट अनुमान गरिएको यस सिनेमा आगामी चैत्र ३० गते अल नेपाल रिलिज हुदैछ ।
Post a Comment