सैफ र करीनाको बिहेमा राष्ट्रपति प्रणव मुखर्जीलाई निम्तो
बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानको बिहेमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि निम्तो दिइएको छ । समाचार अनुसार शुक्रबार सैफकी आमा शर्मिला टेँगोरले दिल्लीमा मुखर्जीसँग भेट गरी निम्ता दिएकी हुन् । सैफ र करीनाको बिहे आगामी १६ अक्टोबरमा हुँदैछ ।

४२ वर्षीय सैफ र ३२ वर्षीया करीनाबीच धेरै अघि देखि नै बिहेको चर्चा चलेको भएपनि लगनको तिथिका बारेमा भने दुबैजनाले केही खोलेका थिएनन् । तर अन्तत १६ अक्टोबरमा यी दुइबीच बिहे हुने पक्का भयो ।
सैफ र करिनाको बिहेपछि दुइ अलगअलग ठाउँमा भोज गरिने भएको छ । मध्य अक्टोबरमा हुने पहिलो बिहे भोजमा दिल्लीमा हुनेछ भने मुम्बइमा हुने दोश्रो भोजमा फिल्मी उद्योगका मान्छेहरुलाई निम्ता दिइनेछ ।
स्मरण रहोस् फिल्म टशनका दौरा सैफ र करीनाबीच पाँच वर्षअघि प्रेम सम्बन्ध गाँसिएको थियो । यो पाँच वर्षमा यी दुइको पिरती झांगियो र बिहेको तहसम्म पुग्यो । यो बीचमा करीनाले सैफको पहिलो श्रीमतीका तर्फबाट भएका बच्चाबच्चीसँग समेत राम्रो सम्बन्ध बनाइसकेकीछिन् ।
अनलाइनखबर
Post a Comment