अर्थशास्त्र पढ्ने विद्यार्थीका सेक्स पार्टनर बढी !
एक अध्ययनले अर्थशास्त्र विषय लिएर कलेजमा पढिरहेका विद्यार्थी अरु विषय पढ्ने विद्यार्थी भन्ने यौनको मामिलामा बढि सक्रिय हुने गरेका र उनीहरुका तुलनात्मक रुपमा बढि सेक्स पार्टनर हुने गरेका देखाएको छ ।

सर्भेक्षण अनुसार सेक्सका लागि पार्टनर फेर्ने मामिलामा अर्थशास्त्र पछि सामाजिक कार्य, सामुदायिक सेवा तथा परामर्श लगायतका विधामा अध्ययनरत विद्यार्थीहरु अग्रमोर्चामा रहने गरेका छन् । त्यसपछि मार्केटिङ, पर्यटन तथा वाणिज्य शास्त्रमा पढ्ने विद्यार्थी परेका छन् । कृषिमा अध्ययनरत विद्यार्थी पार्टनर फेरेर सेक्स गर्ने मामिलामा पाँचौ स्थानमा छन् ।
यता सेक्सका लागि पार्टनर फेर्ने मामिलामा प्रविधि विषयमा विद्यार्थी पुछारबाट दोश्रो स्थानमा छन् ।
अनलाइनखबर
Post a Comment