एकपटक मोबाइल चार्ज गर्न पाँच रुपैयाँ
जलेको ट्रान्सर्फमर मर्मत नगरिँदा सिरहाको भवानीपुर कलाबन्जर गाविसका बासिन्दा सात दिनदेखि अँध्यारोमा बस्न बाध्य छन्। बिहीबार नै ट्रान्सफर्मर जले पनि विद्युत् प्राधिकरण शाखा लहानले मर्मत गर्न नसकेको स्थानीयवासीको गुनासो छ। ट्रान्सफर्मर ५० केभी क्षमताको मात्र भएको कारण पटकपटक आगो लाग्ने गरेको स्थानीयवासी बताउँछन्।

कम क्षमताको ट्रान्सफर्मर जडान गर्दा पटकपटक आगो लाग्ने गरेकाले बढी क्षमताको ट्रान्सफर्मर जडान गर्न प्राधिकरणसँग स्थानीयवासीले माग गरेका छन।
विद्युत् प्राधिकरण शाखा लहानका प्रमुख आमोद यादवले भने दुई–तीन दिनभित्रै ट्रान्सफर्मर मर्मत हुने बताउनुभयो । उहाँले भन्नुभयो– “जानकारी नै अलि ढिलो आएकाले मर्मत गराउन पनि ढिलो भयो।”
Post a Comment