पेट्रोलको सट्टा पानीबाट गुड्ने भयो कार I


पेट्रोलको भाउ लगातार बढिरहेको मात्र होइन, बिभिन्न स्थानमा यसको आपूर्ति समेत सहज रुपमा हुन् सकेको छैन । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै पाकिस्तानी इन्जिनियरले पेट्रोलिय इन्धनको सट्टा पानीबाट चल्ने सवारी साधनको निर्माण गरेर सबैलाई आश्चर्य चकित बनाइ दिएका छन । उनले लामो खोज र अनुसन्धान पश्चात यस्तो प्रविधिको विकास गरेका हुन् ।

समाचार पत्र 'डॉन'को अनुसार पाकिस्तानका एक इंजीनियर वकार अहमदले राजधानी इस्लामाबादमा सांसद, वैज्ञानिक तथा पत्रकार र विद्यार्थीहरुका सामु पानी बाट चल्ने कारको सफलतापूर्वक प्रदर्शन गरेका हुन् ।

वकारले ईंधनको रूपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएर देखाए । उनका अनुसार इन्धनको स्थानमा केवल पानीको मात्र प्रयोग गरेर कार चलाउन सकिन्छ । पानीबाट चल्ने कार गुडेको देखेर प्रत्यक्षदर्शी आश्चर्यचकित भएका थिए ।'वाटर फ्यूल किट प्रोजेक्ट' नाम दिईएको यस खोजको सबैले प्रसंशा गरेका थिए ।

पानीलाई इन्धनको रुपमा प्रयोग गरिने यो प्रणालीमा 'हाइड्रोजन बांडिंग' र डिस्टिल्ड वाटरबाट निर्मित हाइड्रोजन ग्यासबाट इन्जिन चलाइन्छ । यस प्रविधिबाट चल्ने इन्जिनले पेट्रोलबाट चल्ने इन्जिन भन्दा ज्यादा माइलेज दिन सक्ने बताइएको छ । अब छिटै व्यवसायिक रूपमा यो प्रविधिको कारको निर्माण गरिनेछ ।