यस् बर्षका तीन नेपाली एएनए हिरोजहरु


न्युयोर्क, अमेरिकामा नेपाली संस्था एसोसिएसन अफ नेपलिज ईन अमेरिका (एएनए) ले आफनो तीसौं सम्मेलनको अवसरमा तीन व्यक्तित्वहरुलाई ‘एएनए हिरोज’ बाट सम्मानित गरेको छ । टेक्सासमा डालासमा हालै सम्पन्न सो सम्मेलनमा भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा प्राध्यापनमा सक्रिय डा डिना वाङदेल, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनाली र अमेरिकी कानुन व्यवसायी म्याथ्यु हाड्ले एएनए हिरोज घोषित भएका हुन् ।

नेपाली ईतिहासविद नैनसिंह वाङदेलकी पुत्री डिनालाई नेपाली कला, संस्कृतीको योगदानका लागि ‘एएनए लाईफ टाईम हिरोज’ बाट सम्मान गरिएको हो ।

त्यसैगरि न्युयोर्कबासी रक्तदाता मैनालीलाई रक्तदात र समाजसेवा मार्फत नेपाली डायास्पोरामा सक्रिय भए वापत एएनए हिरो घोषित भएका हुन् । साढे दुई दशकमा एक सय ४ पटक रक्तदान गरेका मैनालीको सक्रियतामा अमेरिकामा पछिल्लो समयमा ३९ वटा नेपाली संघ संस्थाहरुको आयोजनामा ६० पटक

रक्तदान कार्यक्रम सम्पन्न भईसकेका छन् । त्यसैगरि मैनाली, नेपाली संघ संस्थाहरुलाई एवम अन्य सामाजिक कार्यमा चन्दा सहयोग गर्दै आएको परिचित नाम हो ।

अर्का सम्मानित ब्यक्तित्वमा वासिङटन डिसीमा कार्यरत वकिल हाड्लले आठ बर्षअघि इराकमा मारिएका १२ नेपालीहरुका परिवारलाई अमेरिकी अदालत मार्फत क्षतिपुर्ती दिलाउन कानुनी लडाई लडेका थिए । उनी कुनै समय पिसक्रप्स अन्र्तगत नेपालमा कार्यरत थिए ।