पत्नीसंग अबैद्य सम्पर्क राखेको भन्दै युवकको खुँडा प्रहार गरी हत्या


बारा , साउन १६ । आफ्नी श्रीमती अर्कै पुरुषसँग अवैद्य शारिरीक सम्वन्ध गरिरहेको अवस्थामा फेला परेपछि श्रीमानले घरेलु हतियार प्रयोग गरी ती युवकको हत्या गरेका छन् । बारा महेशपुर-८, का लक्ष्मी सहनीले राती १ बजे आफ्नी पत्नीसंग आपत्तिजनक अवस्थामा भेटिएका दुई युवा मध्ये सोही ठाउँका ३२ वर्षीय विनोद सहनीको खुँडा प्रहारी हत्या गरेका हुन् ।
उनीसंगै गएका अर्का एकजना २६ वर्षीय उमाशंकर चौधरी खुडाँ प्रहारवाट गम्भीर घाइते भएका छन् । हत्या गर्ने सहनीलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।  सहनीले आफू बाहिरबाट आउँदा राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको र रिसको झोंकमा खुँडा प्रहार गर्दा उनको मृत्यु भएको बयान दिएका छन् ।
गम्भीर घाइते चौधरीको वीरगञ्जकै नेशनल मेडिकल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनावारे लक्ष्मी सहनीलाई र स्थानीउय विन्देश्वर सहनीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।