कारीश्मा मानन्धरलाई पहिलो प्रेम र प्रेमीको यादले सताउन थाल्यो
नायिका करिश्मा मानन्धरले आफ्नो प्रेमी रहेको खुलासा गरेकी छिन् । उनले फेसवुकमा स्टाटस लेख्दै आफ्नो प्रेमीको यादले सताएको वताएकी छिन् । ‘मेरो पुरानो अनि पहिलो प्रेम आज अनायासै सम्झेँ ।’ नायिका मानन्धरले आफ्नो पहिलो प्रेम को संग थियो र कति समय सम्म चल्यो भन्ने वारेमा केही पनि खुलाएकी छैनन् । तर उनले आफ्नो पहिलो प्रेमलाई चोखो अनि सुन्दर भनेकी छिन् ।
उनले आफ्नो चोखो प्रेम लामो समय नटिकेको र केही समयपछि विनोद मानन्धरले आफ्नेा सिउँदोमा सिन्दुर लगाएको वताएकी छिन् । विनोद मानन्धरले सिन्दुर भरिदिएपछि आफु खुशि भएको वताउँदै करिश्माले विनोद अभिभावक भएको वताएकी छिन् ।
आफ्नो प्रेमीको याद आएपछि उनले यो कुरा विनोदलाइ पनि सुनाएको वताएकी थिईन् । जतिवेला विनोद मुस्कुराएको मात्र उनको भनाई छ । उमेर छिप्पिदै गएपछि पहिलो प्रमीको याद किन आयो ? त्यो भने करिश्मालाई मात्र थाहा होला । नायिका करिश्माले विनोद मानन्धरसँग विहे गर्दा उनी भर्खर २० वर्ष काटेकी थिईन् ।
Post a Comment