आफुलाई चर्चामा ल्याउने ‘बिगबोस’लाई सन्नी लेओनले पागलखाना भनिन


मान्छे कति धेरै बैगुनी हुन्छ भन्ने कुरा पोर्नस्टार सन्नी लियोनको चरित्रले पुष्टि गर्छ । निलो चलचित्रको दुनियामा कुहिरोको कागजस्तै बनेर रहेको अवस्थामा भारतीय टेलिभिजन रियालिटी शो बाट चर्चामा आएकी सन्नी लियोनले आखिर आफ्नो औकात भुलिसकिछन् ।
आफुलाई चर्चामा ल्याइदिने र पोर्न फिल्मको दुनियाबाट सभ्य समाजले समेत नाम लिनसक्ने अवस्थासम्म पूराइदिने सोही टेलिभिजन कार्यक्रमलाई उनले नर्क पागलखानाको संज्ञा दिएकी छिन् ।
भारतीय कलर्स टेलिभिजनको रियालिटी शो बिग बोसको गतसालको संस्करणमा प्रवेश पाएपछि चर्चा कमाएकी तथा बलिउडमा समेत काम पाएकी सन्नी लियोनले बिग बोस कार्यक्रम पागलखाना भएको आरोप लगाएकी छिन् ।
आफु फेरी पनि बिग बोसको घरमा छिर्न लागेको खबरको खण्डन गर्दै उनले भनेकी छिन्, ‘ म दोहोराएर फेरी बिग बोसको घरमा जान्न । त्यो पागलखाना हो ।’ हुनत बिग बोसमाथि विषबमन गर्दा दुनियाले थुक्ला भनेर होला उनले बिग बोसले आफुलाई कल्पना नै नगरेको नयाँ दुनियाको ढोका खोलिदिएको बताउन पनि पछि परिनन् ।
उनले बिग बोसमा पोहोर साल आउँदा आफुलाई बलिउडमा काम पाउँला जस्तो नलागेको बताइन् । बिग बोसको घरबाट बाहिरिएसँगै फेरी भारत आउने साइत जुर्ला भन्ने कुरा आफुले कल्पना नगरको उनको भनाइ छ ।